हुन्डी कारोबारमा संलग्न भारतीय नागरिक पक्राउ
हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार पूर्वी चम्पारण जिल्ला बेतिया थाना गुर्वालिया कचहरी वडा नं ४ बस्ने ४१ वर्षीय सञ्जय राम छन् ।
भारतको रक्सौलबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०२–०११ प ८६२७ नम्बरको मोटरसाइकल रोकी जाँच गर्दा रामले प्लास्टिकको झोलाभित्र लुकाई छिपाई राखेको स्रोत नखुलेको ९ लाख ५० हजार रुपैयाँ बरामद भएको थियो ।
रामलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसुरमा पर्सा जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
१३ जेठ २०७९, शुक्रवार ११:४२ बजे प्रकाशित













