महाराजगञ्ज नगरपालिकामा सासूको मृत्युपछि बुहारी बनिन् उपमेयर
कपिलवस्तुको महाराजगञ्ज नगरपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । मेयर र उपमेयर दुवै पदमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।
अब्दुल कलाम मुसलमान १० हजार २०० मतका साथ विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामदास चौधरीले ८ हजार ६६८ मत मात्र पाए ।
यस्तै उपमेयरमा पनि कांग्रेसकी रीताकुमारी कुर्मी ११ हजार १६७ मतका साथ विजयी हुँदा एमालेकी भानमती यादवले ७ हजार २ सय मत मात्र पाइन् ।
उपमेयरमा निर्वाचित रीताकुमारी कुर्मी सासुको मृत्यु भएपछि उम्मेदवार बनेकी थिइन् । उम्मेदवारी दर्तापछि उनकी सासू शुभावती कुर्मीको मृत्यु भएको थियो ।शुभावतीको मृत्युपछि कांग्रेसले बुहारी रीताकुमारीलाई टिकट दिएको थियो ।
११ जेठ २०७९, बुधवार १७:०६ बजे प्रकाशित












