भत्ता बुझ्न लाइनमा बसेका वृद्धको मृत्यु

सामाजिक सुरक्षाभत्ता बुझ्न लाइनमा बसेका एक वृद्धको मृत्यु भएको छ। कैलालीको धनगढी उपमहानगरपालिका-१८ फूलबारीका ७४ वर्षीय गुलीराम चौधरीको मृत्यु भएको हो।

भत्ता बुझ्न धनगढी उपमहानगरपालिका १८ को वडा कार्यलय पुगेका चौधरी एकाएक ढलेपछि उपचारका लागि धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जनाइएको छ। उनी दम र सुगर रोगबाट पीडित रहेका धनगढी १८ का वडाध्यक्ष भुवन रिजालले जानकारी दिए।

 

 


११ जेठ २०७९, बुधवार १८:२२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु