अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना: एकको मृत्यु , २४ जना घाइते
अछाममा मलामी बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य २४ जना घाइते भएका छन् ।
दुर्घटनामा परी पञ्चदेवल विनायक-१ कुइकाका अमरनाथ धमालाको घटनास्थलमै मृत्यु भएको अछामका प्रमुख प्रहरी नायव उपरीक्षक रविराज थपलियाले जानकारी दिए ।
बुधबार पञ्चदेवल विनायक नगरपालिका-४, कालिकास्थान टोट्केसालमा भे १ त ८९३७ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो ।
ट्रलीको हाइड्रोलिक लिक भएर ट्रली पल्टिदा ट्याक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । घाइतेहरूको उपचारका लागि मंगलसेन पठाइएको प्रहरीले जनाएको छ ।
११ जेठ २०७९, बुधवार १६:५० बजे प्रकाशित












