एमाले पार्टी कार्यालय गुलरियामा तालाबन्दी
स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको आरोपमा कारबाहीमा परेका एमाले नेता, कार्यकर्ताले पार्टी कार्यालय, गुलरियामा ताला लगाएका छन् ।
पार्टी कार्यालयमा नेतृत्व पक्षले ताला लगाएको भन्दै कारबाहीमा परेकाले बुधबार मूलगेटमा दुई वटा ताला लगाएका छन् ।
स्थानीय निर्वाचनमा प्रमुखलगायत पदको उम्मेदवारविरुद्ध भ्रम सिर्जना गराई मतदातालाई पार्टी निर्णयविपरीत विपक्षी पार्टीलाई सघाएको आरोपमा १८ जनालाई कारबाही गरिएको थियो ।
११ जेठ २०७९, बुधवार १६:२७ बजे प्रकाशित












