काठमाडौँ महानगरमा बालेनको अग्रता, ३५ हजारबढी मत

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन शाहको मत ३५ हजार मत कटेको छ ।

पछिल्लो मत परिणाम अनुसार बालेनको मत ३५ हजार ३७३ पुगेको छ । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितको मत १९ हजार २४८ पुग्दा गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले १९ हजार ८३ मत ल्याएकी छन्।

 


७ जेठ २०७९, शनिवार १८:४४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु