आठ वर्षअघि किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ
आठ वर्षअघि किशोरी बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । सौन्दर्य प्रतियोगिताका नाममा किशोरीलाई पटक-पटक बलात्कार गरेको आरोपमा प्रहरीले मनोज पाण्डेलाई पक्राउ गरेको हो ।
महानगरीय प्रहरी अपराध महाशाखाका एक अधिकारीले पाण्डेलाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएका छन् । किशोरीले सामाजिक सञ्जालमा भिडिओ राखेदेखि नै पाण्डेलाई निगरानी गरिएकोमा आज पक्राउ गरिएको महाशाखा स्रोतले जनाएको छ ।
उनलाई कुन कानुनमा टेकेर मुद्दा चलाउने भन्ने विषयमा अहिले कानुनका ज्ञातासँग परामर्श गरिरहेको पनि स्रोतले जनाएको छ ।
‘
७ जेठ २०७९, शनिवार १९:४५ बजे प्रकाशित












