punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महिला राजनीतिज्ञमाथि अनलाइनमा हुने हिंसा बिरुद्ध धनगढीमा छलफल

Chaupati
safha napa

महिला राजनीतिज्ञमाथि अनलाइनमा हुने हिंसा बिरुद्ध धनगढीमा छलफल भएको छ । पानोस साउथ एशिया एनडीआइको सहयोगमा बिहीबारदेखि सुरु भएको हो । तीन दिनसम्म सञ्चालन हुने गोष्ठीमा राजनीतिकर्मी, मानवअधिकारकर्मी, नागरिक समाजका अगुवा तथा पत्रकारको सहभागीता रहेको छ ।

रानीतिमा सक्रिय महिलामाथि मिडियमा हुने हिंसा बिषयमा मिडिया निगरानी, तथ्यांक, संकलन बिषयमा अन्र्तक्रिया तथा छलफल गरिएको छ । पछिल्लो समय अनलाइन माध्यमबाट बिभीन्न खाले लैंगिक हिंसा बढ्दै गएको पूर्व कानुन मन्त्री पूर्णा जोशीले बताइन् । सामाजीक सञ्जालबाट महिलामाथी गाली, बेज्जती तथा भ्रामक सुचनाको पनि बढ्दै गएको उनले बताइन् ।

अनलाइन माध्यमबाट हुने बिभीन्न खाले हिंसामा महिलानै बढी पिडीत भएको महिला अधिकारकर्मी जीवन रानाले बताइन् । उनले राजनीतिमा पनि नेतृत्व तहमा महिलाको संख्या ज्यादै न्युन रहेको बताएकी थिइन् ।

No description available.

अक्टोबर २०२१ देखी पानोस साउथ एशियाले नेपालमा सुचना प्रणाली तथा लोकतान्त्रिक अधिकारलाई कमजोर बनाउन भूमीका खेलीरहेका नकरात्मक पक्षहरुको पहिचान गर्ने कार्यको सुरुवात गरेको थियो । यस पहल अन्र्तगत भ्रामक तथा मिथ्या सुचनाको प्रसारको पहिचान गरिएको थियो । यो अध्ययन नागरिकलाई सुसूचित गर्न र राजनीतिक निर्णय लिन चाहिने पर्याप्त जानकारी दिन प्रयासरत छ ।

 


५ जेठ २०७९, बिहीवार २३:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु