बझाङको दुर्गाथली गाउँपालिका अध्यक्षमा माओवादीका थापा विजयी

बझाङको दुर्गाथली गाउँपालिकाको अध्यक्षमा गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का दिल बहादुर थापा विजयी भएका छन्।

दुई हजार मतसहित अध्यक्षमा थापा विजयी हुँदा उनका प्रतिद्वन्द्वी एमालेका उम्मेदवार दल बहादुर धामीले एक हजार ८१६ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा भने नेपाली कांग्रेसले जित हासिल गरेको छ। उपाध्यक्षमा निर्वाचित जनक दौल्यालले दुई हजार ८३४ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी शारदा विकले एक हजार ८०२ मत प्राप्त गरिन्।


२ जेठ २०७९, सोमवार १२:३२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु