अछाममा भाइलाई हराउँदै दाजु गाउँपालिका अध्यक्षमा निर्वाचित
बान्नीगढी जयगढ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका टेक बहादुर साउद निर्वाचित भएका छन्। नेकपा एमालेबाट उम्मेदवार लोक बहादुर साउदलाई चार सय ९८ मतले पराजित गर्दै कांग्रेसका टेक बहादुर साउद अध्यक्षमा निर्वाचित भएका हुन्।
टेक बहादुरले तीन हजार ११२ मत प्राप्त गर्दा लोकबहादुरले दुई हजार ६१४ मत प्राप्त गरे। टेक बहादुर र लोक बहादुर दाजुभाइ समेत हुन्।
गाउँपालिकाको उपाध्यक्षमा भने नेकपा एमालेका उम्मेदवार बिन्दु रावल निर्वाचित भएका छन्। रावलले दुई हजार ७३१ मत प्राप्त गर्दा उनका निकटम प्रतिस्पर्धी माओवादी केन्द्रकी उम्मेदवार निर्मला साउदले दुई हजार ७१७ मत प्राप्त गरिन्।
२ जेठ २०७९, सोमवार १२:३४ बजे प्रकाशित












