आदर्श गाउँपालिकामा नेपाली काँग्रेस विजयी
डोटीको आदर्श गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ। गाउँपालिकाको अध्यक्षमा काँग्रेसका गणेश बहादुर खड्का विजयी भएका छन्। उनी ३७७३ मत ल्याई विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डम्बर ओलीले ३३७७ मत पाए।
त्यस्तै, माओवादी केन्द्रका योगेन्द्रबहादुर खड्काले ९०७ र राष्ट्रिय प्रजातन्त्र पार्टीका ताराप्रसाद ओझाले १३६ मत मात्रै पाए। गाउँपालिकाको उपाध्यक्षमा पनि काँग्रेसकै लक्ष्मी धामी (रोकाया) ३६७४ मतका साथ विजयी भएकी छिन्।
उनकी निकटतम प्रतिद्वन्दी एमालेकी जानकी खड्काले ३३८९ मत प्राप्त गरिन्। एकीकृत समाजवादीका रमेश विष्टले ३३३ मत प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीकी कविता साउदले १७२ मत मात्रै पाइन्। पालिकाका ७ ओटा वडामध्ये ४ वडामा काँग्रेस र ३ वडामा एमाले विजयी भएको छ।
२ जेठ २०७९, सोमवार १२:२९ बजे प्रकाशित












