स्वामीकार्तिकमा कांग्रेसका उम्मेदवार रोकाया अध्यक्षमा विजयी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर रोकाया अध्यक्षमा विजयी भएका छन् । एमालेका उम्मेदवार चतुर्भूज शाहीलाई पराजित गर्दै रोकाया निर्वाचित भएका हुन ।

उनले दुई हजार ११ मत प्राप्त गरेका छन् भने एमालेका शाहीले एक हजार ७५७ मत पाए । गठबन्धनका उम्मेदवार नेकपा एसका चिरन्जीवी शाही भने तेस्रो भए । शाहीले एक हजार २८२ मत मात्र पाए । उपाध्यक्षमा कांग्रेसकी मैना जोशीले एक हजार ८१० मत पाएर विजयी भएकी छिन् ।

उनले एक हजार ६३७ मत ल्याएर एमाले उम्मेदवार सुलोचना कुमारी भण्डारीलाई पराजित गरेकी हुन् । गठबन्धनका तर्फबाट उपाध्यक्षका उम्मेदवार माओवादी केन्द्रका सुरेशबहादुर रोकाया तेस्रो भए । उनले एक हजार २१३ मत मात्र पाएका छन् ।

अहिले निर्वाचित अध्यक्ष रोकाया र उपाध्यक्ष जोशी यस अघिको स्थानीय निर्वाचन ०७४ मा सोही पदमा एमालेका उम्मेदवारसँग पराजित भएका थिए ।


१ जेठ २०७९, आइतवार २०:१८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु