धनगढी उपमहानगरमा ५५२६ मतगणना गर्दा हमालको अग्रता कायमै
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले सुरुवातदेखि नै अग्रता कायम राखेका छन्। हमालले वडा नम्बर १ मा मात्रै सत्तारुढ गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडभन्दा ८ सय बढी मत पाएका छन्।
यस्तै वडा नम्बर १ को मतगणना सकिएसंगै २, १८ र १९ मा पनि गणना सुरु भएको छ ।अहिलेसम्म ५ हजार ५२६ मतगणना हुँदा हमालले २ हजार ४३९ मत प्राप्त गरेका छन् । वडले १ हजार ४४६ र एमालेका रणबहादुर चन्दले ४९० मत पाएका छन्।
१ जेठ २०७९, आइतवार २१:३३ बजे प्रकाशित












