कैलालीमा माओवादी केन्द्रले वडामा जित्यो २ सिट

सत्तारुढ गठबन्धन दल नेकपा (माओवादी केन्द्र) ले कैलालीमा वडा अध्यक्षमा २ सिट जितेको छ ।

गठबन्धनले बर्दगोरिया गाउँपालिका–६ र टीकापुर नगरपालिका–९ मा वडा अध्यक्षमा जित हासिल गरेको हो । बर्दगोरिया–६ मा माओवादी केन्द्रका रामकृष्ण डङ्गौरा थारु वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

यसैगरी, टीकापुर–९ मा सो पार्टीले प्यानलसहित वडा अध्यक्षमा जित हासिल गरेको छ । सत्तारुढ गठबन्धन दल नेकपा (एकीकृत समाजवादी) ले भने यो जिल्लाको वडामा अझै खाता खोल्न सकेको छैन ।


१ जेठ २०७९, आइतवार १९:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु