अपीहिमाल गाउँपालिका अध्यक्षमा माओवादीका ठेकरे निर्वाचित

दार्चुलाको अपीहिमाल गाउँपालिका अध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार भगतसिंह ठेकरे (बोहरा) निर्वाचित भएका छन् ।

उपाध्यक्षमा गठबन्धनबाट उम्मेदवार कांग्रेसकी देवकीदेवी बोहरा निर्वाचित भएकी छन् । अपीहिमाल गाउँपालिकामा आइतबार साढे १२ बजे मतगणना सकिएको थियो ।

मतगणना परिणामअनुसार ठेकरेले २ हजार ३ सय ४ भोट प्राप्त गरेका छन् । उनले प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार धर्मानन्दसिंह मन्याललाई ९१९ मतान्तरले पराजित गरेका हुन् । पराजित मन्यालले १ हजार ३ सय ८५ मत ल्याएका छन् ।

उनी २०७४ सालमा गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए भने ठेकरे पराजित बनेका थिए ।उपाध्यक्ष निर्वाचित देवकीदेवी बोहराले २ हजार २७ मत ल्याएकी छन् । उनकी प्रतिद्वन्द्वी एमालेकी उर्मिला बोहराले १ हजार ३ सय ९१ मत ल्याएकी थिइन् ।


१ जेठ २०७९, आइतवार १४:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु