कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा एमालेका उम्मेदवार प्यानलसहित विजयी
कैलालीको बर्दगोरिया गाउँपालिका-१ मा नेकपा एमालेका उम्मेदवार मिथुन गौतम प्यानलसहित विजयी भएका छन् । ७९५ मत ल्याउँदै गौतमले नेपाली कांग्रेसका उम्मेदवारलाई पराजित गरे ।
महिला सदस्यमा एमालेकै मीरा आले मगर, दलित महिला सदस्यमा सरस्वती विश्वकर्मा, सदस्यमा प्रकाश साउद र रामचन्द्र कठरिया पनि विजयी भएका छन् ।
१ जेठ २०७९, आइतवार १४:०९ बजे प्रकाशित












