punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपमहानगरमा कसले मार्ला बाजी ?

गठबन्धनबाट काँग्रेसका उम्मेदवार नृपबहादुर वडलाई चुनाव जित्न सजिलो नभएको विश्लेषण हुन थालेको छ

Chaupati
safha napa

सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढीमा चुनावी माहोल तातेको छ ।उम्मेदवारहरुले मनोनयनदर्ता गरेसँगै चुनावी माहोल थप तातेको हो । मनोनयन सकिएसँगै अब कुन उम्मेदवारले जित्ला भनेर अनुमान सुरु हुन थालेको छ ।

धनगढीमा विशेषगरी गठबन्धन (कांग्रेस र माओवादी), नेकपा एमाले र स्वतन्त्र उम्मेदवार गोपाल हमालबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । धनगढी कांग्रेसको गढका रूपमा परिचित छ । तर, यसपाली गठबन्धनको उम्मेदवार नै भएपनि कांग्रेसका वडलाई चुनाव जित्न सजिलो नभएको विश्लेषण हुन थालेको छ ।

पार्टी भित्रको आन्तरिक कलह, पहिलो कार्यकालमा सन्तोषजनक काम गर्न नसक्नुले वडलाई जित निकाल्न समस्या हुन सक्छ । केन्द्रमा पाँचदलीय गठबन्धन भनिएपनि धनगढीमा भने कांग्रेस र माओवादी बीचमात्र तालमेल हुने देखिएको छ । नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायतका दलहरू गठबन्धनबाट बाहिरिएका छन् । उनीहरूले चुनावमा आ–आफ्नै उम्मेदवार खडा गरेका छन् ।

धनगढीमा कांग्रेस र माओवादीले मेयर र उपमेयरमा केन्द्रको निर्णय पालना गरेका छन् । तर, वडामा भने चर्को असन्तुष्टिका कारण यी दुई पार्टीबीचको सहमति कार्यान्वयन हुने सम्भावना कम छ ।

यद्यपि मेयरका उम्मेदवार वड भने धनगढीमा आफूहरूको जित सुनिश्चित रहेको दाबी गर्छन् । ‘धनगढीमा काँग्रेस एक्लै बलियो हो, यसपालि गठबन्धन भएको हुँदाझन् बलियो भएको छ, त्यसले गर्दा मेरो कसैसँग प्रतिस्पर्धा हुँदैन ।

यता मेयरका स्वतन्त्र उम्मेदवार हमाल पनि यसपाली गठबन्धनलाई हराएर चुनाव जित्ने दाउमा छन् । उनी यसपाली अघिल्लो निर्वाचन भन्दा थप बलियो भएको पनि दाबी गर्छन् ।
‘०७४ को निर्वाचनमा छोटो समयको तयारीमा धनगढीवासीले राम्रो मतदिएकाथिए, यसपाली राम्रो प्रचारप्रसार र आफू १९ वटै वडाका मतदाताहरूसँग घुलमिल भएको छु, त्यसले गर्दा मलाई धनगढीवासीले विश्वास गर्ने छन्,’ उनले भने ।

एमालेबाट उम्मेदवार बनेका रणबहादुर चन्दले चाहिँ पहिलोपटक टिकट पाएका हुन् । उनी पार्टीभित्र इमान्दार छवि भएका नेतामा चिनिन्छन् । चन्दपनि यसपाली एमालेले धनगढीमा मेयरमा जित निकाल्नेमा विश्वस्त छन् । ‘धनगढीको माटोसँग परिचित भएको हुँदा योजनाबद्ध अगाडि बढेको छु, त्यसले गर्दा धनगढीको विकासका लागि म लाई मतगर्ने छन्,’ उनले भने ।

०७४ को निर्वाचनमा धनगढीमा कांग्रेस, स्वतन्त्र,माओवादी र नेकपा एमालेबीच प्रतिस्पर्धा भएको थियो । सो निर्वाचनमा कांग्रेसलाई पछ्याउँदै स्वतन्त्र उम्मेदवार हमाल दोस्रो, माओवादीका रामसमझ राना तेस्रो र एमालेका दुर्गाप्रसाद जोशी चौथो भएका थिए । अघिल्लो निर्वाचनमा कांग्रेसका नृपबहादुर वडले १४ हजार ३२४ मतल्याउँदै नगर प्रमुखमा जितहात पारेका थिए । उनका निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ५२७ मतप्राप्त गरे ।

त्यस्तै, माओवादीका उम्मेदवार रानाले १० हजार २०९ मतल्याएका थिए । यद्यपि उनी चुनावको केही समयमै कांग्रेसमा प्रवेश गरेका थिए । एमालेका उम्मेदवार जोशीले ९ हजार ९४६ मतप्राप्त गरेका थिए ।

त्यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीका विष्णुबहादुर साहुले ८२९, तत्कालीन मधेसी जनाधिकार फोरमका उम्मेदवार प्रेमकुमार बिसीले ४५९ र जनमोर्चाका कृष्णप्रसाद चौधरीले २३६ मतप्राप्त गरेकाथिए ।
आसन्न चुनावका लागि धनगढीको मेयर पदका लागि ९ जनाको उम्मेदवारी परेको छ ।

मेयरको लागि वड, चन्द र हमालसहित लोकतान्त्रिक समाजवादी पार्टीबाट वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीबाट भारती थापा, नागरिक उन्मुक्ति पार्टीबाट निमकुमार चौधरी, जनता समाजवादी पार्टीबाट कलेन्द्र ऐर,  स्वतन्त्रबाट उद्धवराजपन्त र मदनकृष्ण भट्टले पनि उम्मेदवारी दर्ता गराएका छन् ।

त्यस्तै, धनगढीको उपमेयरका लागि माओवादीबाट एमालेबाट कन्दकला राना, राप्रपाबाट दुर्गादत्तपन्त, नेपाल परिवार दलबाट विष्णु कुमारी विश्वकर्मा, नागरिक उन्मुक्ति पार्टीबाट सावित्रा चौधरी, विवेकशील साझा पार्टीबाट विमलाकुमारी पन्त र स्वतन्त्रमा नेपाली काँग्रेसका नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् ।


१८ वैशाख २०७९, आइतवार ०८:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु