घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन
स्थानीय तहको निर्वाचनको प्रचार कार्यक्रममा जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ । सिराहाको नवराजपुर गाउँपालिका-१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो ।
चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य संस्थामा लगे पनि निधन भएको प्रहरीले जनाएको छ ।
मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए ।
१८ वैशाख २०७९, आइतवार ०८:२२ बजे प्रकाशित































