punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

आजको मौसम: सुदूरपश्चिमसहित देशभर वर्षाको सम्भावना

Chaupati
safha napa

आज देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र लुम्बिनी प्रदेशको पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित क्षणिक हल्का वर्षाको सम्भावना रहेको छ।

आइतबार राति प्रदेश १, बागमती, गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदलीदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ । प्रदेश १, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जनरचट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

महाशाखाका अनुसार हाल देशमा स्थानीय वायु, उत्तर प्रदेश देखि पश्चिम बङ्गालको समथल भू(भागसम्म बनेको न्यून चापीय प्रणाली तथा पश्चिम वायुको प्रभाव रहेको छ।

 


१८ वैशाख २०७९, आइतवार ०८:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु