देशभर १ लाख ५३ हजार २७३ उम्मेदवार चुनावी मैदानमा
वैशाख ३० गते हुन गइरहेको स्थानीय तह चुनावका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको अन्तिम नामावली आएको छ । निर्वाचन आयोगका अनुसार ७५३ स्थानीय तहमा १ लाख ५३ हजार २७३ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
मेयरमा ३५१७, उपमेयरमा २१७६, अध्यक्षमा ३३९२, उपाध्यक्षमा २४१०, वडा अध्यक्षमा ३५४१९, महिला सदस्यमा २६५७८, दलित महिला सदस्यमा २३९७२ र सदस्यमा ५५८०९ जना उम्मेदवार रहेका छन् । उम्मेदवारलाई आयोगले आज शनिबार चुनाव चिह्न दिएको छ ।
शुक्रबार ८ हजारभन्दा बढीले उम्मेदवारी फिर्ता लिएको निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले बताए ।
१७ वैशाख २०७९, शनिवार २१:५८ बजे प्रकाशित































