एमालेकी कान्छी उम्मेदवार स्वेता २१ वर्षमै वडा सदस्यमा भिड्दै
रुपन्देहीको सिद्धार्थनगर नगरपालिका-६ की स्वेताकुमारी हरिजनले २१ वर्षको उमेरमै वडा सदस्यमा उम्मेदवारी दिएकी छन् ।सानैदेखि राजनीतिप्रति चासो राख्न थालेकी उनले सोमबार एमालेबाट सिद्धार्थनगर नगरपालिका-६ को वडासदस्यका लागि उम्मेदवारी दर्ता गराएकी हुन् ।
स्वेताले दलित महिला सदस्यको रूपमा उम्मेदवारी दर्ता गराएकी हुन् । रुपन्देहीका १६ वटा पालिकामा करिब २४ सय जनाले मनोनयन दर्ता गराएकोमा उनी नै सबैभन्दा कान्छी उम्मेदवार हुन् । स्वेता हाल स्नातक तहमा अध्ययनरत छन् ।
१३ वैशाख २०७९, मंगलवार १०:४५ बजे प्रकाशित































