punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डोटीमा पनि माओवादी र नेकपा एसबीच मात्रै तालमेल, कांग्रेस एक्लै भिड्ने

Chaupati
safha napa

स्थानीय तह निर्वाचनको लागि डोटीमा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीबीच तालमेल हुने भएको छ । नेपाली कांग्रेसलाई बाहिर राखेर दुई दलबीच तालमेल गर्ने सहमति भएको हो ।

९ पालिका रहेको डोटीमा पाँच स्थानीय तह माओवादीले र चार स्थानीय तह एकीकृत समाजवादीले पाउने गरी सहमति भएको माओवादी केन्द्र डोटीका इन्चार्ज शिवसिंह ओलीले जानकारी दिए ।

माओवादीको भागमा दिपायल सिलगढी नगरपालिका, बोगटान गाउँपालिका, केआइसिंह गाउँपालिका, आदर्श गाउँपालिका र सायल गाउँपालिका परेको छ । त्यस्तै शिखर नगरपालिका, पूर्वीचौकि गाउँपालिका,बड्डिकेदार गाउँपालिका र जोरायल गाउँपालिका एकीकृत समाजवादीले पाउने सहमति भएको छ ।

यसअघि हिजो नै तीन दलीय सहमति गर्ने अन्तिम तयारी भइरहेको थियो । ९ स्थानीय तहमध्ये, कांग्रेसले चार, माओवादी केन्द्रले ३ र एकीकृत समाजवादीलाई दुई स्थानीय तह दिने गरी सहमतिको अन्तिम तयारी भइरहेका बेला नेपाली कांग्रेसले धोका दिएको वलीले बताए ।

कांग्रेस नेताहरू नआएपछि माओवादी र एकीकृत समाजवादी तालमेल गर्ने सहमति भएको हो ।


१२ वैशाख २०७९, सोमवार १०:१३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु