सुदूरपश्चिममा बिहानै भूकम्पको धक्का महसुस
सुदूरपश्चिममा मंगलबार बिहानै भूकम्पको धक्का महसुस गरिएको छ । आज बिहान करिव ६ बजे भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
दुर्गाथली गाँउपालिकाको सैनपसेला केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्यूडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको हो ।
भूकम्पको धक्का बझाङसहित सुदूरपश्चिम प्रदेशका सातै पहाडी जिल्लामा महसुस गरिएको छ ।
६ वैशाख २०७९, मंगलवार ०७:३२ बजे प्रकाशित































