punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

महाेत्तरीकाे जङ्गलमा कुहिएको अवस्थामा पुरुषकाे शव फेला

Chaupati
safha napa

महोत्तरीको सातपत्रे जङ्गलमा कुहिएको अवस्थामा एक व्यक्तिको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार बर्दिबास नगरपालिका–३ स्थित बीपी राजमार्गभन्दा ५०० मिटर उत्तर–पश्चिममा पर्ने सातपत्रे भिरालो जङ्गलमा एक व्यक्तिको शव कुहिएर दुर्गन्धित भएको अवस्थामा फेला परेको हो ।

नाम, थर, वतन नखुलेका अन्दाजी वर्ष ५०/५५ का पुरुषको शव कुहिएर जङ्गलभरि दुर्गन्धित भएको अवस्थामा घाँस काट्न गएका स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

स्थानीयले शवबारे खबर दिएपछि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी टोली शव फेला परेको स्थानतिर गएर सो शव उठाएर परीक्षणका लागि जिल्ला अस्पतालमा पठाइएको छ ।


१ वैशाख २०७९, बिहीवार ०८:३९ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु