चर्को आलोचनापछि फेशबुकबाट हटाए प्रचण्डले कुलमानको तस्बिर
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनावी पोस्टरमा राखिएको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्बिर हटाएका छन् ।
माओवादी केन्द्रले निर्वाचन आचारसंहिता विपरित कर्मचारीको तस्बिर पार्टीको चुनाव प्रचारमा दुरुपयोग गरेको भन्दै चर्को आलोचना भएपनि उनले आफ्नो आधिकारिक फेशबुक पेजबाट कुलमान समावेश भएको तस्बिर हटाएका हुन्।
निर्वाचन आयोगले स्थानीय तह निर्वाचनको प्रचारमा सरकारी कर्मचारी सहभागी हुन आयोगले रोक लगाएको छ। त्यसैगरी चुनावी प्रचारमा सार्वजनिक निकाय वा गैरसरकारी संघ संस्थाबाट कुनै पनि प्रकारको आर्थिक सहयोग लिन नहुने उल्लेख गरिएको छ।
घिसिङको तस्बिर राख्दै माओवादी केन्द्रका शीर्ष नेतादेखि कार्यकर्ताले मत माग्न थालेपछि सामाजिक सञ्जालमा आलोचना चर्को भएको थियो ।
३० चैत २०७८, बुधवार १२:४२ बजे प्रकाशित































