punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सशस्त्र प्रहरीको आईजीपीमा पुष्पराम केसी नियुक्त

Chaupati
safha napa

सरकारले सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) मा पुष्पराम केसीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनाल चार वर्षे कार्यकाल सकेर सोमबार बिदा भएका थिए ।

नयाँ आईजीपीको प्रतिस्पर्धामा एआईजी केसी र रामशरण पौडेल थिए । सरकारले वरियताका आधारमा केसीलाई महानिरीक्षक नियुक्त गरेको हो । कार्यकाल भने २१ दिन मात्र हुनेछ । उमेर हदका कारण केसी र एआईजी पौडेल दुबैले १९ वैशाखमा अवकास पाउनेछन् । त्यसपछि फेरि नयाँ चयन गर्नुपर्ने हुन्छ ।


३० चैत २०७८, बुधवार १२:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु