इन्डियन प्रिमियर लिग: गुजरातको पहिलो हार, आज चेन्नई र बैंगलोरको भिडन्त
इन्डियन प्रिमियर लिग (आईपीएल) मा नवप्रवेशी गुजरात टाइटन्सले पहिलो हार बेहोरेको छ । गएराति भएकाे खेलमा सनराइजर्स हैदराबादसँग गुजरात ८ विकेटले पराजित भएको हो । मुम्बईमा १ सय ६३ रनको लक्ष्य पछ्याएको हैदराबादले १९ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पूरा गर्याे । हैदराबादकाे जितमा कप्तान केन विलियम्सनले ५७ रनको अर्धशतकीय इनिङ खेले । यस्तै अभिषेक शर्माले ४२ रनको योगदान गरे ।
गुजरातका हार्दिक पान्ड्या र राशिद खानले समान एक/एक विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ६२ रन बनायो । कप्तान हार्दिकले ५० रनको अविजित अर्धशतकीय इनिङ खेले । अभिनव मनोहरले ३५ रनको योगदान गरे ।
हैदराबादका भुवनेश्वर कुमार र टी नाटराजनले समान दुई/दुई विकेट लिए । आईपीएलअन्तर्गत आज साविक विजेता चेन्नई सुपर किङ्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुनेछ । याे खेल नेपाली समय अनुसार राति ७ : ४५ बजे सुरु हुनेछ ।
२९ चैत २०७८, मंगलवार ०७:५१ बजे प्रकाशित













