पुनर्वास नगरपालिकामा मेयरपदका लागि कांग्रेसबाट ८ जना आकांक्षी
कञ्चनपुरको दक्षिणी क्षेत्रमा पर्ने पुनर्वास नगरपालिकामा एमाले विभाजनपछि कांग्रेसले जित्ने सम्भावना बढेको छ । माओवादीसँग गठबन्धन भएमा सजिलै जित्ने आँकलन गरेर कांग्रेसमा मेयरका आकांक्षीहरुको संख्या बढेको छ ।
पुनर्वास नगरपालिकाको मेयरका लागि नेपाली कांग्रेसबाट ८ जना आकांक्षी देखिएका छुन् । कांग्रेसबाट गत निर्वाचनमा उम्मेदवार रहेका तोयनाथ शर्मा, पुनर्वास नगरकार्यसमितिका सभापति शुकबहादुर तामाङ, कालिका गाविसका पूर्व अध्यक्ष शुकबहादुर तामाङ, भरत विष्ट, विन्दु श्रेष्ठ, अमरजंग साउँद, दीर्घसिंह ठकुरी र डिबी लामा रहेको नेपाली कांग्रेस पुनर्वास नगर कार्य समितिका सचिव प्रवीण रावलले बताए ।
यस्तै अन्य दलहरुबाट पनि बिभीन्न नेताहरु मेयर आकांक्षी देखीएका छन् । माओवादीबाट धोके राना र दिपक तिमिल्सिना रहेका छन् । राना मेडीकल ब्यवसायमा आबद्ध छन् भने तिमिल्सीना बिना मगर मन्त्री हुँदा उनका स्वकीय सचिव थिए । यस्तै सामाजबादी पार्टीबाट पुनर्वास नगरपालिकाका वर्तमान मेयर तथा सो पार्टीका जिल्ला अध्यक्ष जीवनराज थापाले नै पुनः दोहोरीन चाहेका छन् । पुनर्वास पनि मा बिभीन्न दलका नेताहरु मेयर पदका लागि आकांक्षी भएपनि तर खुलेर धेरै बाहीर आएका छैनन् ।
कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेपाली कांग्रेस सत्ता गठबन्धनविरुद्ध लागेको छ । ३४ हजार १२१ मतदाता रहेको नगरपालिकामा २०७४ को स्थानीय तहमा नेकपा एमालेका जीवनराज थापा नगरप्रमुखमा निर्वाचित भएका थिए । अहिले नेकपा एमाले विभाजित भएर नेकपा एकीकृत समाजवादी गठन भएको र नेकपा माओवादीबाट नगरप्रमुखमा प्रतिस्पर्धा गरेका वीरबहादुर थापा एमालेमा बसेकोले नेपाली कांग्रेसको अवस्था मजबुत रहेको स्थानीय नेताहरूको विश्लेषण रहेको छ ।
अन्य पार्टीमा टुटफुट आएको तर नेपाली कांग्रेस थप सुदृढ भएकोले चुनाव जित्न सहज हुने नगर सभापति शुकबहादुर तामाङ बताउँछन् । ‘जनताले पनि कांग्रेसलाई पत्याउने अवस्था छ । त्यसैले पुनर्वासमा ५ दलीय गठबन्धन हुँदैन’ तामाङ भने, ‘नगरप्रमुख, उपप्रमुखसहित वडामा दुई तिहाई बहुमत कांग्रेसको हुने हाम्रो विश्वास छ।’ जनता, कार्यकर्ता तथा सिङ्गो नगरकार्यसमिति नै गठबन्धनको विपक्षमा रहेको उनको दाबी छ ।
२०७४ को निर्वाचनमा पुनर्वास नगरपालिकामा कांग्रेस तेस्रो स्थानमा रहेको थियो । कांग्रेसको तर्फबाट नगरप्रमुखका उम्मेदवार तोयनाथ शर्माले ५ हजार ५१२ मत ल्याएका थिए भने, नेकपा माओवादी केन्द्रका वीरबहादुर थापाले ५ हजार ५१४ मत ल्याएर दोस्रो भएका थिए । यस्तै अहिले नेकपा एकीकृत समाजवादी कञ्चनपुरका अध्यक्षसमेत रहेका नगरप्रमुख जीवनराज थापाले ६ हजार ४० मत पाएर जीत हाँसिल गरेका थिए ।
नेपाली कांग्रेस एक्लै चुनाव लड्न र जित्न सामर्थ्य राख्ने नेपाली कांग्रेस पुनर्वास नगर कार्य समितिका सचिव प्रवीण रावलले बताए । ‘नगरवासीले कांग्रेसलाई नै अब हुने चुनावमा भोट दिन चाहेकाले गठबन्धन नगरी चुनाव लड्नुपर्छ,’ सचिव रावलले भने ‘नेपाली कांग्रेसले सजिलै चुनाव जित्छ गठबन्धन नगर भनेर जनताले पनि भनिरहेका छन् । सकभर गठबन्धन नै हुन नदिने पक्षमा कांग्रेस रहेको उनले बताए । यस बिषयमा निरन्तर छलफलमै रहेको उनी बताछन् ।
२८ चैत २०७८, सोमवार १४:५४ बजे प्रकाशित













