punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गोली बोकेर जापान उड्न लागेकी युवती त्रिभुवन विमानस्थलबाट पक्राउ

Chaupati
safha napa

त्रिभुवन विमानस्थलबाट गोली बोकेर जापान उड्न लागेकी एक युवती पक्राउ परेकी छन् । जापान जान लागेकी तनहुँकी सोविता नेपालीलाई प्रहरीले गोलीसहित पक्राउ गरेको हो ।

गोली बोकेर जापान उड्न लागेकी उनलाई आइतबार पक्राउ गरिएको विमानस्थल सुरक्षा प्रहरीका एसएसपी भीम ढकालले जानकारी दिए । उनी आइतबार राति नेपाल एयरलाइन्सको उडानबाट जापानको नारिता जान लागेकी थिइन् ।

भानु नगरपालिका ७ तनहुँकी २७ वर्षीया नेपालीको झोलाबाट प्रहरीले १ राउण्ड गोली फेला पारेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२८ चैत २०७८, सोमवार १४:४७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु