सेती प्रादेशिक अस्पतालमा एक शिशुको मृत्यु

धनगढीको सेती प्रादेशिक अस्पतालमा एक शिशुको मृत्यु भएको छ। आईतबार राती साढे ९ बजे जन्मिएको शिशुको अस्पतालमै मृत्यु भएको हो । गोदावारी नगरपालिका वडा नम्बर –६ लालपुरकी २५ बर्षिया मञ्जु बिकले जन्माएको शिशुको मृत्यु भएको छ । शनिबार सुत्केरी ब्यथा लागेर अस्पताल भर्ना गरिएको आइतबार राती सुत्केरी भएकी थिइन् ।

अस्पतालको प्रसुती गृहमै आइतबार राती शिशुको मृत्यु भएको अस्पतालले जनाएको छ । पीडित परिवारले भने अस्पतालको लापरबाहीका कारण शिशुको मृत्यु भएको आरोप लगाएका छन् । अस्पताल ल्याउँदा सबै राम्रो भएको अवस्थामा शिशुको जन्मीएको केही समयमा मृत्यु भएको हो ।

मन्जुका श्रीमान तपेन्द्रले पनि आमा र बच्चाको स्वास्थ्य चेकजाँच गराउँदा सबै राम्रो रहेको बताएका छन् । अचानक शिशुको मृत्यु भएपछि अस्पतालले लापरवाही गरेको उनको भनाई छ ।
यता अस्पतालले भने शिशुमा जन्मदै स्वास्थ्य समस्या रहेका कारण मृत्यु भएको जनाएको छ ।


२८ चैत २०७८, सोमवार १०:०४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु