धनगढीमा मृत भेटिएका पुरुषको परिचय खुल्यो

धनगढीमा मृत भेटिएका पुरुषको परिचय खुलेको छ। आइतबार बिहान धनगढी उपमहानगरपालिका अन्तरगत वडा नम्बर २ मा मृत भेटिएका पुरुषको पहिचान खुलेको हो।

मृतक कैलालीको गोदावरी नगरपालिका वडा–३ का २८ वर्षीय सुरेन्द्र विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

विष्टका परिवारले प्रहरी कार्यालयमा जाहेरीसमेत दर्ता गराएका छन्।घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२८ चैत २०७८, सोमवार ०९:५४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु