कैलालीमा हँसिया प्रहार गरी श्रीमानको हत्या
कैलालीमा हँसिया प्रहार गरी एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । जिल्लाको मोहन्याल गाउँपालिका–१ की ३२ वर्षीया थुमा थापामगरले हँसिया प्रहार गरी श्रीमानको हत्या गरेकी हुन् । थापामगरले हँसिया प्रहार गर्दा ४३ वर्षीय नारायण मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय कैलालीले जनाएको छ ।
आइतबार राति करिव १२ बजेको समयमा दुई जनाबीच विवाद हुँदा थुमाले हँसिया प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए ।
डिएसपी जोशीका अनुसार फूमा श्रीमानको हत्या गरेपछि आफैँ प्रहरी कार्यालय पुगेकी हुन् । प्रहरीको टोली अहिले घट्ना स्थलमा पुगी सकेको र थप अनुसन्धान गरिरहेको छ ।
२८ चैत २०७८, सोमवार ०८:५२ बजे प्रकाशित













