आज मौसम सामान्यतया सफा रहने

स्थानीय र पश्चिमी वायुको प्रभाव देशभर सामान्य परेको छ। आज पहाडी भू-भागका केही स्थान हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकाअनुसार सोमवार बिहान पहाडी भू-भागमा आंशिक बदली रहे पनि बाँकी भू(भागको मौसम सामान्यतः सफा रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागमा सामान्य बदली रही एक-दुई स्थानमा क्षणिक वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागको मौसम सामान्य बदली रही एक-दुई स्थानमा हल्का वर्षाको हुनेछ।


२८ चैत २०७८, सोमवार ०९:२४ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु