सेनाद्धारा सशस्त्र प्रहरी बललाई ५९० थान हतियार हस्तान्तरण
नेपाली सेनाले सशस्त्र प्रहरी बललाई ५ सय ९० थान हतियार हस्तान्तरण गरेको छ। जंगी अड्डामा आइतबार आयोजित एक कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाललाई हस्तान्तरण गरेका हुन्। सेनाले दिने १० हजार ६०० थान हतियारमध्ये आइतवार इन्सास राइफल ५०० र लाइट सपोर्ट वेपन ९एलएसडब्लु० ९० थान हस्तान्तरण गरिएको हो।
हस्तान्तरण कार्यक्रममा रक्षा सचिव र गृह सचिव उपस्थित थिए। मन्त्रिपरिषद्को २०७६ चैत २४ गतेको निर्णय बमोजिम नेपाली सेनाले सहयोग स्वरुप ‘नो कस्ट बेसिस’मा इन्सास राइफल ९ हजार थान र एलएसड्बलु १ हजार ६०० गरी १० हजार ६०० थान हतियार उपलब्ध गराउने छ।
यसबाट सशस्त्र प्रहरी बलको क्षमता अभिवृद्धि हुनुको साथै सुरक्षा निकायहरुबीचको सम्बन्ध समेत थप बलियो हुने विश्वास नेपाली सेनाले लिएको छ।
२७ चैत २०७८, आइतवार १४:३५ बजे प्रकाशित













