इङ्लिस प्रिमियर लिग: एभर्टनसँग युनाइटेड स्तब्ध

इङ्लिस प्रिमियर लिगमा  म्यानचेस्टर युनाइटेड एभर्टनसँग स्तब्ध बनेको छ । शनिबार  एभर्टनलाई घरेलु मैदानमा जित दिलाउन एन्थोनी गोर्डेनले २७औं मिनेटमा निर्णायक गोल गरे । प्रिमियर लिगमा रेलिगेशन क्षेत्रभन्दा एक स्थानमात्र माथि रहेको एभर्टनले जितसँगै १८औं स्थानको बर्न्लीसँगको अंक दुरी चार अंक पुर्‍याएको छ ।

एभर्टनसँगको हारले युनाइटेडको शीर्ष चारमा रहँदै च्याम्पियन्स लिगमा स्थान बनाउने लक्ष्यमा धक्का लागेको छ । सातौं स्थानमा रहेको युनाइटेडले ३१ खेलबाट ५१ अंक जोडेको छ । जुन चौथो स्थानको टोटनहम भन्दा छ अंक कम हो ।


२७ चैत २०७८, आइतवार ०७:१५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु