जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा पुन : ओझा र बोहराको उम्मेदवारी

डोटीको जोरायल गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा पुनः ओझा र बोहराको उम्मेदवारी रहेको छ । नेकपा एमाले जोरायल गाउँपालिका कमिटिले बिहीबार आयोजना गरेको कार्यकर्ता भेलामा अध्यक्षमा पुनः दुर्गादत्त ओझा र उपाध्यक्षमा पुनः जमुना बोहराको उम्मेदवारी सर्वसम्मत टुङ्गो लगाएको हो ।

एमाले पोलिट ब्युरो सदस्य तथा डोटी इञ्चार्ज गौरी ओली, केन्द्रिय सल्लाहकार परिषद् सदस्य तथा डोटीका संस्थापक डिल्लीराज भट्ट, जिल्ला कमिटी अध्यक्ष चक्र मल्ल, सचिव शेर बहादुर मल्ल लगाएत नेता कार्यकर्ताहरुको सहभागिता उम्मेदवारहरुको टुङ्गो लगाएको हो ।
अन्य स्थानीय तहमा मेयर र उपमेयरका लागि टुङ्गो नलागेको अवस्थामा जोरायलले भने सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको छ ।

अध्यक्ष पदका उम्मेदवार ओझाले स्थानीय तहको निर्वाचनमा अहिले पनि आफुलाई नै सबैले साथ र सहयोग गर्ने अपेक्षा गरेका छन् । उनले उम्मेदवारी टुङ्गो लगाएसंगै अझै यसरी नै आफुले जनताको हित र पक्षमा काम गर्ने बताएका छन् ।
यसबिचमा थुप्रै विकासका कामहरु गरेकाले पुनः पनि आफुहरुको जीत सुनिश्चित रहेको उनको भनाई छ ।
जम्मा ९ वटा स्थानीय तह रहेको डोटीमा एमालेले जोरायल गाउँपालिकामा सबैभन्दा पहिले र सर्वसम्मत रुपमा उम्मेदवार चयन गरेको हो ।

May be an image of 5 people, people standing and outdoors


२४ चैत २०७८, बिहीवार १९:३९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु