कृष्णपुर नगरपालिकाको उपप्रमुखमा पाण्डेयको उम्मेदवारी घोषणा
कञ्चनपुरको कृष्णपुर नगरपालिकाको उपप्रमुखमा टिकेश्वरी पाण्डेय (प्रेरणा) ले आफ्नो उम्मेदवारी घोषणा गरेकी छन् ।
आउँदो वैशाख ३० मा हुने स्थानिय तहको निर्वाचनका लागि नेपाली कांग्रेसका तर्फबाट पाण्डेयले कृष्णपुर नगरपालिकाको उपप्रमुखकामा आफ्नो उम्मेदवारी घोषणा गरेकी हुन् ।
आफु राजनीतिको लागि जनता समक्ष योग्य र सक्षम भएकाले पार्टीले आफुलाई नै उप प्रमुखको टिकट दिने उनको दाबि छ । आफुले उपमेयर पदमा घोषणा गरेसंगै जनताको पनि यसमा साथ दिनेमा उनले अपेक्षा गरेकी छन् ।
२४ चैत २०७८, बिहीवार १८:५६ बजे प्रकाशित













