उदयपुरमा बिधार्थी मृत्यु प्रकरण : दुई जना नियन्त्रणमा
उदयपुर बेलका नगरपालिका ३, बुद्धचौककी १५ वर्षीया कविता सुनुवारको मृत्यु प्रकरणमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ परेकाहरूबारे पूर्ण विवरण प्रहरीले सार्वजनिक गरेको छैन ।
इलाका प्रहरी कार्यालय रामपुरका प्रहरी निरीक्षक तेजप्रसाद दाहालले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिइएको जानकारी दिए । स्रोतका अनुसार पक्राउ पर्नेमा एक युवक र एक युवती छन् ।
आज बिहान ५ बजेतिर ट्युसन पढ्न भनेर घरबाट निस्केकी सुनुवार मृत फेला परेकी थिइन् । यशोधा खोलाको डिलमा काठका मुढाहरू थोपरिएको ठाउँमा घोप्टो परेको अवस्थामा उनको शव फेला परेको छ । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान थालेको छ ।
२२ चैत २०७८, मंगलवार १४:२४ बजे प्रकाशित













