चार प्रदेशका १३ जिल्लामा फैलियो बर्डफ्लू, उच्च सतर्कता अपनाउन आग्रह

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लू संक्रमण बढेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । झण्डै दुई महिनाको अवधिमा चार वटा प्रदेशका १३ जिल्लामा बर्डफ्लूको संक्रमण देखिएको विभागले जनाएको छ ।

गत ११ माघमा सुनसरीमा पहिलो पटक देखिएको संक्रमण अहिले चार वटा प्रदेशका १३ जिल्लामा फैलिएको पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले बताए । प्रदेश १, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशका जिल्लाहरुमा संक्रमण देखिएको तिवारीको भनाइ छ ।

संक्रमण देखिएको ठाउँमा परीक्षण, निसंक्रमण र कुखुरा नष्ट गर्ने कार्यलाई तीब्रता दिएको विभागले जनाएको छ ।


२२ चैत २०७८, मंगलवार १३:४५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु