ताप्लेजुङमा चट्याङ लागेर एक युवकको मृत्यु

ताप्लेजुङको सिरीजंघा गाउँपालिका–२ आम्वेगुदिन ल्हासाटोलमा चट्याङ लागेर एक युवकको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार शनिबार बेलुका करिब साढे ८ बजेतिर चट्याङ लाग्दा स्थानीय २३ वर्षीय मुकेश भट्टराईको मृत्यु भएको हो । उनी पालिकास्तरीय भलिबल खेलाडी पनि हुन् ।

 


२० चैत २०७८, आइतवार ०९:०२ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु