punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

लागु औषधसहित दुई जना पक्राउ

Chaupati
safha napa

लहान नगरपालिका -२३ को ठाडी सडक खण्डमा सशस्त्र प्रहरीले ठूलो मात्रामा लागु औषधसहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लहान नगरपालिका २३ का २० बर्सिया अजय सहनी र सोही ठाउँका २६ वर्षका संकर सहनी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।

छिन्‍नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट खटिएको सशस्त्र प्रहरीको टोली र सुरक्षा वेश लहानबाट खटेको सशस्त्र प्रहरी बलको टोलीले शनिवार राती नुरफिन २९९, ईन्जेक्सन र प्रोमाथोजिन हाइड्रो क्लोराइड २५०, डाईजोफ्म २८० पिससहित बीआर ३२ एडी २६१७ नम्बरको सवारी चेकजाँचको क्रममा लागु औषध फेला परेको प्रहरीले जनाएको छ । यस्तै थप दुई जना फरार रहेका छन् । उनीहरूको खोजी भइरहेको बताइएको छ ।


२० चैत २०७८, आइतवार ०८:५० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु