ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको मृत्यु
महोत्तरीको जलेश्वर नगरपालिका–४ सुगागाउँमा शनिबार साँझ ट्र्याक्टरले ठक्कर दिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ ।
स्थानीय ४० वर्षीया देवकली देवीको मृत्यु भएको प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए ।
स्थानीय २७ वर्षीय इजमामुल मन्सुरले गाउँको भित्री सडकखण्डमा चलाउँदै गएको ज१त ९९४८ नंको ट्र्याक्टरले सडकमै हिँडिरहेकी देवकलीलाई ठक्कर दिएको थियो । ठक्कर दिने ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
२० चैत २०७८, आइतवार १०:४८ बजे प्रकाशित












