punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

श्रोत नखुलेको अवैध रकमसहित दुई युवक पक्राउ

Chaupati
safha napa

महोत्तरी प्रहरीले श्रोत नखुलेको ५५ लाख रकमसहित दुई जनालाई पक्राउ गरेको छ।
ईलाका प्रहरी कार्यालय गौशाला र प्रहरी चौकि औरहीको संयुक्त टोलीले आइतबार औरही नगरपालिका वडा नम्बर १ बाट रकमसहित ती युवकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा औरही नगरपालिका वडा नम्बर २ बस्ने २१ बर्षका धिरज कुमार यादव र १८ वर्षीय रमेश कुमार सहनी रहेको महोत्तरी प्रहरीका प्रवक्ता प्रकाश विष्टले जानकारी दिए।

ज.९ प. ८२४७ नम्बरको मोटरसाईकलमा सबार उनीहरूलाई चेकजाँच गर्दा ५५ लाख बरामद भएको विष्टले बताए।

धिरजले काँधमा भिरेको कालो रंगको कपडाको झोलाभित्र लुकाई छिपाई ल्याएको उक्त रकम बरामद भएको उनले बताए।

पक्राउ परेका दुबैलाई रकम र मोटरसाइकलसहित आवश्यक कार्वाहीका लागि भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ।


१३ चैत २०७८, आइतवार २१:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु