विश्वभर काेराेनाबाट मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार नाघ्याे
काठमाडाैं, ७ जेठ । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार बुधबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २४ हजार ८८९ पुगेकाे छ ।
विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या भने ५० लाखनजिक पुगेकाे छ । अहिलेसम्म ४९ लाख ८५ हजार ६५६ पुगेकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । कुल सङ्क्रमितमध्ये १९ लाख ५८ हजार ३०८ उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा ६ गुणा बढी हाे ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ९४ हजार बढी नयाँ संक्रमित भेटिएका छन् भने ४ हजार ५ सय ८९ जनाकाे मृत्यु भएकाे छ । मंगलबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ३ लाख २० हजार १२५ थियाे भने संक्रमित हुनेकाे संख्या भने ४८ लाख ९० हजार ६६४ थियाे ।
७ जेठ २०७७, बुधवार ०२:२८ बजे प्रकाशित































