punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

डा.आरजु देउबाद्धारा मातृत्व संजाल मार्फत बिपन्न गर्भवती तथा सुत्केरीलाई खाद्य सामाग्री

Chaupati
safha napa

सुरक्षित मातृत्व संजाल महासंघ नेपालले धनगढी उप–महानगरपालिका भित्रका अति बिपन्न एवं सिमान्तकृत समुदायका सुत्केरी तथा गर्भवती महिलाहरुलाई खाद्य तथा पोषण सामाग्री वितरण गरेको छ ।

कोरोना भाइरस कोभिड १९ लाई फैलिन नदिन सरकारले जारी लकडाउनका कारण अती बिपन्न एवं सिमान्तकृत समुदायका सुत्केरी तथा गर्भवतीहरुलाई अत्यन्तै समस्या परेको भन्दै आमा तथा बच्चाको स्वास्थ्यलाई मध्यनजर गरी सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाको विशेष पहलमा सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालले उक्त पोसिलो खाद्यान्न सामाग्री हस्तान्तरण गरेको हो ।

लकडाउनका कारण बिपन्न सुत्केरी तथा गर्भवतीहरु पोषणयुक्त खानाबाट बञ्चीत हुने भएकाले त्यस्ता अति विपन्न समुदायका गर्भवती तथा सुत्केरी महिलाहरुको स्वास्थ्य तथा पोषण सुरक्षामा सहयोग पुगोस भन्ने उद्धेश्यले सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त खाद्य तथा पोषण सामाग्री वितरण गरिएको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालकी केन्द्रिय अध्यक्ष तथा वरिष्ठ सामाजिक अभियन्ता डा. आरजु राणा देउवाले बताउनु भयो ।

उहाँले भन्नुभयो यसले थोरै भएपनि अति विपन्न गर्भवती तथा सुत्केरी महिलालाई राहत पुग्नेछ । हस्तान्तरण गरिएको सामाग्रीमा अण्डा, तेल , दाल ,चामल, साबुन,नुन,चिनी लगायतको खाद्य तथा पोषण सामाग्री रहेको सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपाल कैलालीका अध्यक्ष विनय लामाले बताउनु भयो ।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले नगरका बिभिन्न वडाहरुमा गरेर ९६ जना अति बिपन्न गर्भवती तथा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खाद्यान्न हस्तान्तरण गरिसकिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, सुरक्षित मातृत्व सञ्जाल महास ५० जनालाई पुग्ने खाद्यान्न प्राप्त भएको छ । प्राप्त खाद्यान्न १९ वटै वडाका अति बिपन्न सुत्केरी गर्भवती महिलाहरुलाई उपलब्ध गराउने नगरप्रमुख वडले बताउनु भयो ।


६ जेठ २०७७, मंगलवार १६:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु