punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

उपमेयर कप क्रिकेट शुरु, उद्घाटनमा थालिगडा विजयी

Chaupati
safha napa

बैतडीको दशरथचन्द नगरपालिकामा आजदेखि पाँचौं संस्करणको उपमेयर कप टी ट्वान्टी महिला क्रिकेट प्रतियोगिता शुरु भएको छ। उद्घाटन खेलमा साविक विजेता दनपा–६ थालिगडा विजयी भएको छ। थालिगडाले दनपा–९ ग्वाल्लेकलाई ७ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको हो।

ग्वाल्लेकले दिएको ९० रनको लक्ष्य थालिगडाले ९ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो। जसमा दिव्या कार्कीले ४५ र पूजा कार्कीले नटआउट १४ रनको योगदान गरे। ग्वाल्लेककी भावना जोशी, निकिता चन्द र दूरा जोशीले एक÷एक विकेट लिए।

त्यसअघि निग्लाशैनी खेल मैदान देहिमाडौंमा पहिला ब्याटिङ गरेको ग्वाल्लेकले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८९ रन बनायो। उसका लागि लक्ष्मी जोशीले सर्वाधिक २२ रन बनाइन्। थालिगडाकी सन्जु पेलाले ३ विकेट हात पारिन्। खेलका ओम्यान अफ द म्याच थालिगडाका दिव्या कार्की चुनिएको स्कोरर खेमराज भट्टले जानकारी दिए।

शुभारम्भ कार्यक्रममा दशरथचन्द नगरपालिकाका उपप्रमुख मीना चन्द, बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द, जिल्ला समन्वय समिति सदस्य रमेश बोहरा, दनपा–२ का वडाध्यक्ष रनबहादुर बोहरालगायत उपस्थिति थियो। उद्घाटन समारोहमा बोल्दै नगर उपप्रमुख चन्दले प्रतियोगिताले महिला क्रिकेट खेलाडी उत्पादन र विकासमा सहयोग पुग्ने बताइन्।

दशरथचन्द नगरपालिकाको सहयोग र नगरक्रिकेट समितिको आयोजनामा सञ्चालन भएको प्रतियोगितामा ७ टोली सहभागी छन्।

उपाधि विजेताले ४५ हजार र उपविजेताले ३० हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने नगरक्रिकेट समितिका संयोजक रमेश भट्टले बताए। नगरपालिकाको वार्षिक कार्यक्रमअनुसार नै हरेक वर्ष मेयर र उपमेयर कप क्रिकेट हुँदै आएको छ। सअघि चौथो संस्करणको उपमेयर पनि ६ थालिगडाले जितेको थियो।


५ चैत २०७८, शनिवार १५:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु