punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गुडिरहेको ट्रयाक्टरबाट खसेर १८ वर्षीय युवकको मृत्यु

Chaupati
safha napa

भक्तपुरको मध्यपुर थिमी नगरपालिका–३ कौशलटारमा ट्रयाक्टरबाट खस्दा एक जनाको मृत्यु भएको छ । उदयपुरको गाइघाटका १८ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

ना ७ त २७७४ नम्बरको ट्रयाक्टरबाट उनी शुक्रबार राति खसेका थिए । गम्भीर घाइते भएका उनको उपचारका लागि ट्रमा सेन्टर लैजाँदै गर्दा बाटैमा मृत्यु भएको परिसका प्रवक्ता प्रहरी नायव उपरीक्षक राजु पाण्डेले जानकारी दिए । उनी सवार ट्रयाक्टर काठमाडौंबाट भक्तपुरतर्फ जाँदै थियो ।

घटनापछि ट्रयाक्टर चालक झापा कन्काई नगरपालिका–५ का २७ वर्षीय रोशन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


५ चैत २०७८, शनिवार १३:१५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु