देशभर थप ६५ जनामा कोरोना संक्रमण, १९२ जना निको

पछिल्लो २४ घण्टामा देशभर थप ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०६ पीसीआर परीक्षणमा ५९ जना र एक हजार ६४१ एन्टीजेन परीक्षणमा ६ जना गरी ६५ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या १९२ रहेको छ । कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या चार हजार ९१७ रहेको छ ।


२९ फागुन २०७८, आइतवार १८:५९ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु