सुदूरपश्चिमाञ्चल क्याम्पसमा विश्व वैज्ञानिक

विश्व प्रख्यात नेपाली वैज्ञानिक डाक्टर भद्रप्रसाद पोखरेल अतिथि प्राध्यापकको रुपमा सुदूरपश्चिमाञ्चल क्याम्पसमा आएका छन् । सो क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई उनीहरुको आगामी शैक्षिक यात्रा र विज्ञान विषयसँग सम्बन्धित करियर काउन्सिलिङका लागि एसपिएले डाक्टर पोखरेललाई आमन्त्रित गरेको हो । विज्ञान विषयको महत्व, यसको अध्ययनपछि उच्चशिक्षामा प्राप्त हुने अवसर तथा परीक्षाको तयारी र सुखद करियरका बारेमा उनले विद्यार्थीहरुलाई परामर्श दिएका छन् । विज्ञान शिक्षाको अध्ययनबाट भविष्यमा प्रवेश गर्न जान सकिने विभिन्न क्षेत्र र त्यसमा प्राप्त हुने अवसरबारे अन्तर्राष्ट्रिय ख्यातिप्राप्त प्राध्यापकबाट परामर्श तथा जानकारी पाएपछि उच्च शिक्षाका बारेमा विद्यार्थीहरुमा रहेका द्विविधा अन्त्य भएको एसपिएमा अध्ययनरत विद्यार्थीहरुले बताए ।

No description available.

विद्यार्थीहरुमा बहुमुखी प्रतिभा विकास गराउन र उनीहरुलाई विश्वस्तरीय प्रतिस्पर्धी नागरिकको रुपमा सक्षम तुल्याउन एसपिएले अतिथि प्राध्यापकहरुलाई नियमित रुपमा आमन्त्रण गरेर परामर्श कक्षाहरु सञ्चालन गर्ने गरेको क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए । ‘धनगढीमै विशवस्तरीय शिक्षा सम्भव छ भनेर प्रमाणित गर्न हामीले नयाँ अवधारणा र प्रयोगका साथ विभिन्न शैक्षिक र प्राज्ञिक कृयाकलाप गरिरहेका छौं ।’ क्याम्पस प्रमुख उपाध्यायले भने ‘यसै अन्तर्गत नेपालका प्रतिष्ठित विश्व वैज्ञानिकलाई आमन्त्रण गरेर समयको माग अनुसारको गुणस्तरीय शिक्षा दिने प्रयास थालिएको हो ।’
विश्वस्तरमा विभिन्न वैज्ञानिक कृयाकलापमा सकृय भएर लामो अनुभव हासिल गरेका डाक्टर पोखरेलबाट विभिन्न जिज्ञासाको जवाफ पाएपछि भविष्यमा वैज्ञानिक बन्न सक्ने हौसला प्राप्त भएको एसपिएमा अध्ययनरत अर्का विद्यार्थीले बताए ।

No description available.
नेपालमै अग्रणी शैक्षिक संस्थाका रुपमा विकसित हुन गइरहेको सुदूरपश्चिमाञ्चल क्याम्पसले विद्यार्थीहरुको क्षमता विकास र भावी योजनाबारे निर्णय क्षमता विकास गर्न विभिन्न किसिमका शैक्षिक गतिविधिहरु सञ्चालन गर्दै आएको जनाएको छ ।

‘विभिन्न शैक्षिक गतिविधिहरु सञ्चालन गरेर अरुभन्दा एक कदम अगाडि र स्मार्ट जमानाका स्मार्ट एसपियन भन्ने नाराका साथ समयसापेक्ष शिक्षा परिपूर्ति गर्नका लागि क्याम्पसले अतिथि प्राध्यापकहरू बोलाउने गरेको छ ।’ क्याम्पस प्रमुख उपाध्यायले भने ‘अध्ययन तथा अनुसन्धानको माध्यमबाट विश्व वैज्ञानिकको स्थान प्राप्त गर्नुभएका र विश्वका दुई दर्जनभन्दा बढी विश्वविद्यालयहरुमा अतिथि प्राध्यापकका रुपमा काम गरि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त गर्न सक्षम प्राध्यापकबाट विज्ञान शिक्षाको महत्व, परीक्षाको तयारी, विज्ञानसम्बन्धी विषयवस्तुको जानकारी र विज्ञान विषयको अध्ययनपछि के विषयहरु पढेर अगाडि बढ्न सकिन्छ भन्ने विषयमा करियर काउन्सिलिङ तथा प्राविधिक शिक्षा र ज्ञान प्राप्तिका लागि अवलम्बन गर्न सकिने उपायका बारेमा परामर्श प्रदान गरिएको छ ।’

No description available.

डाक्टर पोखरेलले आइआइटी बनारस (भारत) बाट पिएचडी तथा त्रिभुवन विश्वविद्यालय र संयुक्त अधिराज्यको व्रिष्टल युनिभर्सिटीबाट एमएस्सी उपाधी प्राप्त गरेका छन । उनले थुपै्र पुस्तक प्रकाशित गर्नुका साथै अन्तराष्ट्रिय जर्नलहरुमा कयौं अनुसन्धानमुलक लेखहरु प्रकाशन गरेका छन । त्रिभुवन विश्वविद्यायलबाट अवकाशप्राप्त डाक्टर पोखरेल हाल पनि विभिन्न प्राज्ञिक पदीय जिम्मेवारीमा छन ।

No description available.

 


२९ फागुन २०७८, आइतवार १७:३५ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु