दार्चुलामा १७ किलोग्राम सुनाखरीसहित एक जना पक्राउ
दार्चुलामा बहुमूल्य जडीबुटी सुनाखरीसहित एकजना पक्राउ परेका छन् । जिल्ला सदरमुकाम खलङ्गाबाट १७ किलोग्राम सुनाखरीसहित बझाङको बुङ्गल नगरपालिका १ का अन्दाजी ४० वर्षीय हरिश बोहरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
शुक्रबार राति पुलघाट क्षेत्रबाट बोहरा झोला बोकी हिँडिरहेको अवस्थामा प्रहरीले चेकजाँच गर्दा अवैध सुनाखरी बरामद गरिएको हो । यसबारेमा थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
२८ फागुन २०७८, शनिवार १७:५३ बजे प्रकाशित












